बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालको राहत

पाेखरा | असोज १९, २०८३

बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालको राहत

पर्वत ।    अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित पर्वतको फलेवास नगरपालिका ८ ठाना मौला, सल्यानीधाराका २० घरपरिवारलाई विश्वकर्मा समाज नेपालले राहत सामग्री वितरण गरेको छ ।

 

विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीले घटनास्थलमै पुगेर प्रभावित परिवारलाई खाद्यान्नका समाग्री सहयोग गरेको हो ।

 

कार्यक्रममा विश्वकर्मा समाज नेपालका अध्यक्ष बेलबहादुर विश्वकर्माले प्रतिपरिवार एक बोरा चामल, नुन, तेल, सोयाबिन, दाल, चिनी, चियापत्ती र आलुलगायतका खाद्यान्न सामग्री सहयोग गरिएको जानकारी दिए । उनका अनुसार प्रभावित परिवारलाई खाद्यान्नसँगै ओछ्याउनका लागि म्याटसमेत प्रदान गरिएको छ ।

 

अध्यक्ष विश्वकर्माले प्राकृतिक विपद्का कारण स्थानीयवासीले भोग्नुपरेको पीडा र क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको वर्तमान अवस्था बुझेर राज्यले उनीहरूको उचित व्यवस्थापन र पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।

 

उनका अुनसार बाढीपहिरोका कारण गाउँका कतिपय परिवारका घर आंशिक रूपमा भत्किएका छन् भने कतिपयका घर पूर्ण नष्ट भएका छन् । 

 

उक्त पीडित परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्न तथा उनीहरूलाई सामान्य जीवनमा फर्काउन सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनको माग छ ।

 

यस्तै पीडित परिवारका सदस्यहरूले विपद्को यस कठिन घडीमा विश्वकर्मा समाज नेपालले आफ्नो समुदायप्रति चासो देखाउँदै घटनास्थलमै उपस्थित भएर सहयोग र हौसला प्रदान गरेकोमा आभार व्यक्त गरेका थिए ।

 

विश्वकर्मा समाज नेपालको यस मानवीय पहलले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत प्रदान गर्नुका साथै समुदायबीच आपसी सहयोग, सद्भाव र एकताको सन्देशसमेत प्रवाह गरेको छ ।  राहत वितरण कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री तथा सम्बन्धित वडाका वडाध्यक्ष मानबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।
 

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्

काठमाडौं ।  त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ ।   कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

थप पढ्नुहोस्